सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

भारतद्वारा चिनियाँ नागरिकको पर्यटक भिसा रद्द

आइतबार, ११ वैशाख २०७९, ११ : ४८
आइतबार, ११ वैशाख २०७९

भारतले चिनियाँ नागरिकको पर्यटक भिसा रद्द गरेको छ । अंग्रेजी पत्रिका द टाइम्स अफ इन्डियामा छापिएको एक रिपोर्ट अनुसार अन्तरराष्ट्रिय एयरलाइन्स संस्था आइएटीएले भारतको तर्फबाट चीनका नागरिकलाई जारी गरेको पर्यटक भिसा अब मान्य नभएको बताएको छ ।

 यद्यपि, सरकारका शीर्ष अधिकारीले भारत अहिले पनि चिनियाँ नागरिकलाई व्यापार, रोजगार, कूटनीतिक र आधिकारिक भिसा दिइरहेको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटकलाई भिसा नदिने भारतको निर्णय पनि चीनले कोभिडका कारण चीन छोडेर २० हजारभन्दा बढी भारतीय विद्यार्थीलाई चीन फर्कन नदिएको चीनको कदमपछि आएको पत्रिकाले लेखेको छ ।

चीनले थाइल्याण्ड, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीलाई फिर्ता गर्न अनुमति दिएको छ तर भारतीय विद्यार्थीलाई वेटिङमा राखेको छ । विदेशमन्त्री एय जयशंकरले पछिल्लो महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका बेला यो मुद्दा उठाएका थिए तर बेइजिङले अहिलेसम्म यसले जवाफ दिएको छैन ।

पत्रिका लेख्छ, ‘यूके र क्यानडा ती देशमध्ये हुन् जसका नागरिक ई–पर्यटक भिसामा भारत जान सक्दैनन् तर ती देशहरुमा भारतीय नियोगहरुले जारी गरेको नियमित कागजी भिसामा भारत आउन सक्छन् ।’

जापान र अमेरिकाका नागरिकलाई जारी गरिएको भिसा बाहेक १० वर्षको वैधता हुने भारतीय पर्यटक भिसा पनि अब मान्य छैन ।

आइएटीए नियमित रुपमा अपडेट जारी गर्दछ ताकि एयरलाइन्सहरुले कुन देशका नागरिकहरुलाई कुन भिसामा उडान गर्न अनुमति दिइन्छ भनेर थाहा पाउन सकियोस् ।

अप्रिल १९ मा जारी गरिएको नयाँ आइएटीए अपडेट भारतमा केन्द्रित छ। यो ती देशहरूको बारेमा हो जसका नागरिकहरूले ई-टुरिस्ट भिसामा भारत जान सक्दैनन्। दुई वर्षभन्दा बढीको अन्तरालपछि भारतले मार्च २७ मा १५६ देशका लागि विद्युतीय पर्यटक भिसा सुविधा पुनर्स्थापित गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप