शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

आजदेखि ‘कन्सट्रक्सन होलिडे’, देशभरका ५ हजारभन्दा बढी आयोजना अलपत्र

आइतबार, ११ वैशाख २०७९, ११ : ३२
आइतबार, ११ वैशाख २०७९

नेपाल निर्माण व्यवसायी महासंघले आजदेखि कन्सट्रक्सन होलिडे’ गर्ने भएको छ । मूल्यवृद्धि, भुक्तानी रोक्का र खरिद नियमावलीको ११औं संशोधनको त्रुटि सच्याउन दबाब दिँदै कन्सट्रक्सन होलिडे’ गर्न लागेको हो ।


विगत केही महिना देखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमीन, पेट्रोल, ग्यास), फलामजन्य निर्माण सामाग्री (छड, ग्यावीन तार, पाता, आईरन ब्लेड) लगायत वस्तुको मूल्य बढेको छ । कोभिड–१९ महामारीका कारण र रुस–युक्रेन युद्धका कारणले निर्माण सामाग्रीको मूल्य बढेको हो ।

बढेको मूल्यमा निर्माणका काम अघि बढाउन नसक्ने व्यवसायीको भनाइ छ । त्यसैले, मूल्यवृद्धिको सम्बोधन नभएसम्म निर्माण व्यवसायीहरुले आर्थिकरुपले निर्माण काम संचालन गर्न नसक्ने नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ ।


२०६५ सालमा पनि यसैगरी निर्माण सामाग्रीको मूल्य अचाक्ली बढेको थियो । उक्त मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारले मूल्य समायोजन मार्गदर्शन १ जारी गरेर निर्माणका काम सुचारू गराएको थियो । यसपटक पनि सोहीअनुरूप गरिनुपर्ने महासंघको माग छ ।

यस पटक सरकारले मूल्य समायोजन मार्गदर्शन २ जारी गरेर निर्माण सामाग्रीको मूल्य समायोजन गर्नुपर्ने निर्माण व्यवसायीहरूको माग छ । आफूहरूले पटक–पटक सरकार समक्ष अनुरोध गरेपनि सम्बोधन नभएपछि आजदेखि निर्माणका सम्पूर्ण काम ठप्प पार्ने महासंघले जनाएको छ ।

यससँगै देशभरका ५ हजारभन्दा बढी आयोजनाको निर्माण कार्य आजदेखि ठप्प हुने भएको छ । निर्माण व्यवसायीले निर्माण होलिडे नगरेकै स्थितीमा निर्माण खर्च बढ्न नसकेको स्थितीमा काम ठप्प भएपछि थप विकास खर्च घट्ने देखिएको छ । ५ हजारभन्दा बढी आयोजनाको लागत ५ खर्बभन्दा बढी हुन आउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप