बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्धले सगरमाथा आरोहणमा कस्तो असर परिरहेछ ?

आइतबार, ११ वैशाख २०७९, ११ : २५
आइतबार, ११ वैशाख २०७९

आङ सारकी शेर्पाको काम विश्वको सबैभन्दा जोखिम भरिएको काममध्ये एक हो तर उनी विभिन्न जोखिमसँग जुध्दै आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् ।

विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्ने पर्वतारोहीका लागि डोरी र एल्यूमिनियमको सिँढी राख्ने आङ सारकी शेर्पा ‘आइसफल डाक्टर’ को रुपमा परिचित छन् । उनी नेपालका सबैभन्दा अनुभवी शेर्पामध्ये एक हुन् ।

परिवर्तनशील हिमनदीको बरफ र गहिरो खाडलहरुसँग लड्दै शर्पाले आफ्नो जोखिमपूर्ण कामले हरेक वर्ष सयौँ आरोहीहरुलाई सगरमाथा चढ्न सक्षम बनाउँछन् ।

उनी अप्रिल र मे महिनामा बेस क्याम्प पुग्छन् जहाँबाट सगरमाथा आरोहण गर्ने सिलसिला सुरु हुन्छ ।

पछिल्ला केही वर्षमा सगरमाथा आरोहण निकै जोखिमयुक्त रहेको छ । केही वर्षमा यहाँ हिम पहिरोका थुप्रै खतरनाक घटना भएका छन् । त्यसपछि सन् २०२० मा कोभिडका कारण यहाँ पुग्ने पर्वतारोहीको संख्या कम रह्यो ।

तर हाल पर्वतारोहीको संख्यामा वृद्धि हुने हो कि भन्ने अत्यधिक आशा गरिएको थियो तर रुस–युक्रेनको युद्धले सबै आशा निराशामा परिणत भएको छ ।

५० वर्षीय आङ सारकी शेर्पा सगरमाथाको आधार शिविरमा राखिएको पहेँलो पाल बाहिर उभिएर खुम्बु हिमनदीतर्फ औँल्याउँछन् ।

उनी भन्छन्, ‘यो असाध्यै खतरनाक स्थानमा समावेश छ । यहाँ बरफबीच थुप्र खाडल छन् । यदि तपाईंले सावधानी अपनाउनु भएन भने तपाईं त्यसमा खस्न सक्नुहुन्छ । डोरीले बाटो बनाउनुभएको छ भने पनि त्यो एक महिनाभित्र गायब हुनसक्छ । यो एक खतरनाक काम हो ।’

बीबीसीको समूह यो स्थानमा पुग्दा यहाँ ६ स्थानीय शेर्पा आफूलाई वातावरण अनुसार ढाल्ने कोसिस गरिरहेका थिए । आङ सारकी शेर्पा यी शेर्पाको समूहको नेतृत्व गरिरहेका छन् ।

टेन्ट बाहिर डोरी र सिँढी बिच्छ्याइएको थिए र आधार शिविरमा अन्य पर्वतारोही दलले पनि आफ्नो टेन्ट लगाइरहेका थिए ।

खतरनाक खाडल भएका स्थानः

आइसफल डाक्टर अर्थात् शेर्पाको दल क्याम्प वान र क्याम्प टुसम्मका लागि सुरक्षित बाटोको पहिचान गरेर डोरी लगाउने काम गर्छन् । त्यसपछि दोस्रो दलले त्यसपछिको काम सम्हाल्छन् जसले पर्वतारोहीलाई सगरमाथाको चुचुरोसम्म लिएर जान्छन् ।

सन् २०१४ मा खुम्बु हिमनदीमाथि आएको हिम पहिरोमा डोरी लगाउँदै गरेका १६ शेर्पाको मृत्यु भएको थियो । त्यसपछि अर्को वर्ष आएको महाभूकम्पपछि आएको भयानक हिम पहिरोमा १९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि महामारीका कारण नेपालमा सगरमाथा आरोहण गर्नेको संख्यामा कमी आएको छ । यसवर्ष पर्वतारोहीको संख्यामा वृद्धि हुने आशा गरिएको थियो तर युक्रेनमाथि रुसको हमलाले स्थिति फेरिदिएको छ ।

आङ सारकी शेर्पा भन्छन्, ‘युद्ध प्रभावित क्षेत्रमा आउने समूहले लडाईंका कारण आफ्नो योजना रद्द गरेको भन्ने हामीले सुनेका छौँ ।’

आधार शिविर ८८४८ मिटर अग्लो सगरमाथाको चुचुरोसम्म पुग्न चाहनेहरुका लागि मात्रै होइन ।

समुद्र सतहदेखि ५४०० मिटर उचाईमा रहेको आधार शिविरसम्म पुग्न हरेक वर्ष संसाररभीबाट हज्जारौँ मानिस पुग्छन् ।

आधार शिविरको पदयात्रा लुक्लाबाट सुरु हुन्छ, जसलाई सगरमाथाको देहरी भनिन्छ । यो ट्र्याक पूरा गर्न दुई हप्ता लाग्छ ।

सन् २०२० मा कोभिड महामारी फैलिएपछि नेपालले सन् २०२१ मा पर्वतारोहीलाई सगरमाथा आरोहरणका लागि ४०८ परमिट जारी गर्यो ।

यस वर्ष नेपालको पर्यटन मन्त्रालयले १९ अप्रिलसम्म मात्रै २८७ परमिट जारी गरेको छ ।​​

युक्रेनबाट एकजना मात्रै पर्वतारोहीः

नेपालको पर्यटन विभागमा पर्वतारोहण डिभिजनका निर्देशक सूर्य प्रसाद उपाध्याय भन्छन्, ‘युद्धका कारण रुस र युक्रेनबाट आउने पर्वतारोहीमाथि असर परेको छ । अहिलेसम्म युक्रेनबाट एकजना मात्रै पर्वतारोही आएका छन् ।’

यसका साथै १७ रुसी पर्वतारोहीलाई सगरमाथा आरोहणका लागि परमिट दिइएको छ । अन्य रुसी पर्वतारोहीले आफ्नो योजना रद्द गरेका छन् । रुसी पर्वतारोही आफ्नो देशको मुद्रा रुबलको अवमूल्यनका कारण पनि प्रभावित छन् ।

यसका साथै आक्रमणपछि रुसी अर्थव्यवस्थामाथि लागेको अन्तरराष्ट्रिय प्रतिबन्धका कारणले पनि उनीहरुको मुद्रा विदेशमा प्रयोग गर्न मुश्किल भएको छ ।

आधार शिविरको घातक बाटोमा बसेको गाउँ पर्वतारोहीको यात्रामा निकै सहयोगी साबित हुन्छन् । यी गाउँमा पनि युक्रेनको युद्धले नराम्रोसँग असर पारेका छ ।

फाकडिङ गाउँमा शेर्पा गेस्ट हाउस चलाउने आङ दवा शेर्पा भन्छन्, ‘युद्ध सुरु भएपछि इन्धन र अन्य चिजको मूल्य बढेको छ । हाम्रो व्यापारका लागि ती सबै असाध्यै महत्वपूर्ण छन् । मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ, यो असाध्यै चिन्तित पार्ने कुरा हो ।’

नेपाल सरकारले यस वर्या चारपटक पेट्रोल र डिजलको मूल्य वृद्धि गरेको छ, त्यसैले सामान ढुवानी असाध्यै महँगो हुन्छ ।

हालैका वर्षमा सगरमाथा आरोहण गर्न मानिसको रुची बढेसँगै थुप्रै प्रश्न निम्तिएका छन् । यीमध्ये सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको सगरमाथा जस्तो शिखरसम्म पुग्ने मार्गमा अलि धेरै नै भीड भएन र ?

सन् २०१९ मा एक अचम्मित पार्ने तस्बिर सार्वजनिक भएको थियो जसमा बरफले ढाकेको बाटोमा सयौँ मानिस एक–अर्काको निकै नजिक भएर हिँडिरहेका थिए । यो तस्बिरले पर्वतारोहणका बेला सुरक्षा व्यवस्थासँग जोडिएको गम्भीर प्रश्न निम्तिएको थियो ।

यो मुद्दामा नेपाल सरकारले यस्तो स्थितिसँग जुध्न आफूले कदम उठाएको बताएको छ ।

नेपालका पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने भन्छन्, ‘हामी सगरमाथामा भीडको समस्या हटाउनका लागि काम गरिरहेका छौँ । हाम्रो मन्त्रालय पर्वतारोहीको दीर्घकालीन परमिट दिइरहेको छ जसले यो अभियानलाई नियम अन्तर्गत पूरा गर्न सहयोग गर्छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप