सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

त्रिचन्द्र कलेज मेरो पहिलो प्राथमिकता : केशव स्थापित

आइतबार, ११ वैशाख २०७९, ११ : २४
आइतबार, ११ वैशाख २०७९

काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आइतबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै स्थापितले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताए । उनले त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको सुविधासहित अत्याधुनिक बनाउने बताए ।

उनले त्रिचन्द्रलाई विश्वस्तरीय शिक्षालय बनाउने आफ्नो योजना रहेको सुनाए । मुलुककै जेठो कलेज भएकाले पहिला त्रिचन्द्र कलेजलाई आफूले रोजेको र त्यसपछि अन्य कलेजहरूको सुधार गर्ने उनले बताए । यसका लागि विभिन्न कलेज समेटेर एउटा संसद बनाउने र शैक्षिक सुधारका लागि सबै जिम्मेवारी महानगरले व्यहोर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप