त्रिचन्द्र कलेज मेरो पहिलो प्राथमिकता : केशव स्थापित
आइतबार, ११ वैशाख २०७९, ११ : २४
काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । आइतबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै स्थापितले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताए । उनले त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको सुविधासहित अत्याधुनिक बनाउने बताए ।
उनले त्रिचन्द्रलाई विश्वस्तरीय शिक्षालय बनाउने आफ्नो योजना रहेको सुनाए । मुलुककै जेठो कलेज भएकाले पहिला त्रिचन्द्र कलेजलाई आफूले रोजेको र त्यसपछि अन्य कलेजहरूको सुधार गर्ने उनले बताए । यसका लागि विभिन्न कलेज समेटेर एउटा संसद बनाउने र शैक्षिक सुधारका लागि सबै जिम्मेवारी महानगरले व्यहोर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण