सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गोपाल हमालको  र्‍यालीबाट अवैध लागुऔषध चरेससहित एकजना पक्राउ

आइतबार, ११ वैशाख २०७९, ११ : १६
आइतबार, ११ वैशाख २०७९

धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको र्‍याली​बाट अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । मेयर पदमा मनोनयनका लागि धनगढीको ट्राफिक चौराहबाट सुरु भएको गोपाल हमालसहितको र्‍याली​मा हमाल समर्थक नरेश बाजी अवैध लागुऔषध चरेससहित पक्राउ परेका हुन् ।

र्‍याली​मा गोपाल हमालको समर्थनमा नाराबाजी गरिरहेको समयमा उनको साथबाट २० ग्राम लागुऔषध चरेससहित पक्राउ परेको प्रहरीले बतायो । ‘गोपाल हमालको र्‍याली​मा रहेका नरेश बाजीको साथबाट २० ग्राम अवैध लागु औषध मानिएको चरेस बरामद गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘पक्राउ परेका बाजीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ, यस सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप