सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४० औं दिनमा सकियो ‘परस्त्री’

आइतबार, ११ वैशाख २०७९, ११ : १५
आइतबार, ११ वैशाख २०७९

फिल्म ‘परस्त्री’ को छायाङ्कन सकिएको छ । शनिबारबाट बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै फिल्म सकिएको हो । ४० औं दिनको नियमित छायाङ्कनपछि फिल्म किनिएको निर्देशक सुरज पाण्डेले बताए ।

पाण्डे यसै फिल्मबाट निर्देशन डेब्यू गर्न लागेका हुन् । काठमाडौंबाट छायाङ्कन सुरु भएको फिल्म मुस्ताङपछि फेरि काठमाडौंमै आएर पुरा भएको हो । फिल्म सोचेभन्दा राम्रो तवरबाट छायाङ्कन भएको फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनालले बताए । 

नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण हुने बताइएको फिल्म डिएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मकी निर्माता निर्माता शर्मिला पाण्डे हुन् । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप