संस्थापक सेयर लिलामी गर्दै शिखर इन्स्योरेन्स
आइतबार, ११ वैशाख २०७९, ११ : १०
शिखर इन्स्योरेन्सले ७७ हजार कित्ता माथिको सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी गर्ने भएको छ । कम्पनीले यहीँ बैशाख १९ गतेदेखि २६ गतेसम्म कुल ७७ हजार ७२०.८८ कित्ता सेयर बिक्री गर्ने भएको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ ।
यसअघि कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकताअनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?