शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संस्थापक सेयर लिलामी गर्दै शिखर इन्स्योरेन्स

आइतबार, ११ वैशाख २०७९, ११ : १०
आइतबार, ११ वैशाख २०७९

शिखर इन्स्योरेन्सले ७७ हजार कित्ता माथिको सर्वसाधारण समूहको संस्थापक सेयर लिलामी गर्ने भएको छ । कम्पनीले यहीँ बैशाख १९ गतेदेखि २६ गतेसम्म कुल ७७ हजार ७२०.८८ कित्ता सेयर बिक्री गर्ने भएको हो ।  इच्छुक लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ । 

यसअघि कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकताअनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप