माओवादीले पूर्वी रुकुमका २ गाउँपालिकामा टुंग्यायो उम्मेदवार
![माओवादीले पूर्वी रुकुमका २ गाउँपालिकामा टुंग्यायो उम्मेदवार](https://rpcdn.ratopati.com/media/albums/maoist-election_BJPGaaWCNh.jpg)
नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमका तीन गाउँपालिकामध्ये दुई गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाएको छ। भुमे गाउँपालिका अध्यक्षमा होमप्रकाश श्रेष्ठ उपाध्यक्षमा नमिता पुनलाई उम्मेदवार बनाएको हाे।
यस्तै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको पूर्वी रुकुम जिल्ला सदस्य धुर्वविक्रम ओलीले बताए। सिस्ने गाउँपालिका अध्यक्ष र उपाध्यक्षको भने टुंगो लागेको छैन। अध्यक्ष कृष्णप्रसाद रेग्मी, कुमारी बराल, धनमान पुनको नाम सिफारिस भएको छ ।
यस्तै उपाध्यक्षमा जीवन केसी, आस्था विक, सुगन्धा मल्ल, रामजी शाह, बद्री थापा, सुवास मह सिफारिस भएको छ। सिफारिस भएका मध्येबाट अध्यक्ष कृष्णप्रसाद रेग्मी र कुमारी बराल मध्ये एक जना टुंगो लाग्ने बताएको छ। यस्तै उपाध्यक्षमा आस्था विक र बद्री थापामध्ये एक जनाले पाउँने बताएको छ। तर, पूर्वी रुकुममा भोलि मात्रै तीन वटै गाउँपालिकाको उम्मेदवार टुंगो लाग्ने बताएको छ।
यस्तै नेपाली काँग्रेस नेकपा एमालेले यो जिल्लाका कुनै पनि गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता