बालेनको प्रतिबद्धता : वडा तहमा खेल मैदान, ग्रासरुटमा खेलाडी उत्पादन
काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र स्थापना गर्ने जनाएका छन् ।
उनको घोषणा पत्रमा खेलकुद र युवा सशक्तीकरणको प्रवर्द्धन गर्न बैंकहरुसँग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेस गर्न सहयोग गर्ने उल्लेख गरेका छन् । त्यस्तै स्थानीय खेलाडीहरुलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीहरुलाई तलव स्केल उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।
बालेनले पयर्टन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स खेलाडीहरुलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स आयोजना गरिने घोषणा पत्रमा उल्लेख गरेका छन् । यस्तै अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँग सहकार्य गर्दै युवा लिगको आयोजना गर्ने प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण