सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बालेनको प्रतिबद्धता : वडा तहमा खेल मैदान, ग्रासरुटमा खेलाडी उत्पादन

आइतबार, ११ वैशाख २०७९, १० : २१
आइतबार, ११ वैशाख २०७९

काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र स्थापना गर्ने जनाएका छन् ।

उनको घोषणा पत्रमा खेलकुद र युवा सशक्तीकरणको प्रवर्द्धन गर्न बैंकहरुसँग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेस गर्न सहयोग गर्ने उल्लेख गरेका छन् । त्यस्तै स्थानीय खेलाडीहरुलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीहरुलाई तलव स्केल उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।

बालेनले पयर्टन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स खेलाडीहरुलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स आयोजना गरिने घोषणा पत्रमा उल्लेख गरेका छन् । यस्तै अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँग सहकार्य गर्दै युवा लिगको आयोजना गर्ने प्रतिवद्धता जनाएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप