काठमाडौँमा ठुला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने
ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले उपत्यकामा उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने जनाएका हुन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहहरूमा उम्मेदवार तय भैनसकेकाले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए । ‘उपत्यकामा हाम्रो पार्टीका तर्फबाट सोमबारमात्रै उम्मेदवारी दर्ता हुन्छ’, निरौलाको भनाइ छ ।
त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि देशका अधिकांश स्थानमा भोलि नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । सत्तारुढ दलका नेता जीवनराम श्रेष्ठले अधिकांश स्थानमा गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी सोमबार मात्रै दर्ता हुने बताए । गठबन्धनको बैठक आइतबार दिउँसो बस्दैछ । बैठकमा देशभरिको तालमेलको अवस्था विश्लेषण गरेर उम्मेदवार तय गर्ने र उम्मेदवारी दिने गठबन्धनको तयारी छ । यता विवेकशील साझा लगायतका दलले भने आइतबार नै उम्मेदवारी दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण