काठमाडौँमा ठुला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने

ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने भएका छन् । नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले उपत्यकामा उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने जनाएका हुन् । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहहरूमा उम्मेदवार तय भैनसकेकाले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए । ‘उपत्यकामा हाम्रो पार्टीका तर्फबाट सोमबारमात्रै उम्मेदवारी दर्ता हुन्छ’, निरौलाको भनाइ छ ।
त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि देशका अधिकांश स्थानमा भोलि नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । सत्तारुढ दलका नेता जीवनराम श्रेष्ठले अधिकांश स्थानमा गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी सोमबार मात्रै दर्ता हुने बताए । गठबन्धनको बैठक आइतबार दिउँसो बस्दैछ । बैठकमा देशभरिको तालमेलको अवस्था विश्लेषण गरेर उम्मेदवार तय गर्ने र उम्मेदवारी दिने गठबन्धनको तयारी छ । यता विवेकशील साझा लगायतका दलले भने आइतबार नै उम्मेदवारी दिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी