वीरगन्जको मेयर : उम्मेदवार उनै, दल भने फरक
पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी(जसपा)का राजेशमान सिंह र नेकपा एमालेबाट विजय सरावगीबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका सरावगी र सिंहबीच दोस्रो पटक भिडन्त हुन लागेको हो।
तत्कालिन संघीय समाजवादी फोरम(हाल जसपा)बाट मेयरमा निर्वाचित सरावगीले एमाले प्रवेश गरेर दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिएका हुन्। जसपाबाट पुनःमेयरमा टिकट पाउने सम्भावना नदेखेपछि उनी पार्टी परित्याग गरेर एमालेबाट मेयरको उम्मेदवार भएका हुन्।
यस्तै सिंह तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा)बाट तेस्रो भई पराजित भएका थिए। उनी चुनावको मुखमा जसपा प्रवेश गरेका हुन् भने जसपाले नवप्रवेशी सिंहलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको हो। वीरगञ्जको उपमेयर पदका उम्मेदवार भने गठबन्धन र एमाले दुबैले टुंगो लगाइसकेका छैनन्।
यसअघि निर्वाचनमा सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १९७ मत ल्याएका थिए। उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६०७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याएकी थिइन्।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६६३ मत ल्याएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण