भरतपुरको मेयरमा रेनु दाहाल र विजय सुवेदीबीच भिडन्त पक्का
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदीबीच भिडन्त हुने भएको छ । पाँच दलीय गठबन्धनबाट दाहाल र एमालेबाट सुवेदीलाई टिकट दिइएसँगै भिडन्त निश्चित भएको हो ।
दाहालले मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि माओवादीबाट उम्मेदवारी दिएकी हुन्। यस्तै सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका हुन् । उपमेयरको उम्मेदवार भने सत्ता गठबन्धनबाट काँग्रेस र एमाले दुबैले टुंगो लगाएका छैन् ।
माओवादीबाट मेयरमा दाहाल निर्वाचित हुँदा ४३ हजार १२७ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । उपमेयरमा काँग्रेसबाट पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिब्य शर्माले ३९ हजार ५२५ मत ल्याएकी थिइन् ।
भरतपुरको मेयरको मत हेर्दा काँग्रेस र माओवादी दुबैको जोड्दा पनि एमालेका ज्ञवालीको मत २०३ मात्र कम थियो । काँग्रेससहितका पाँच दलीय चुनावी तालमेल गरेपनि एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यसअघि भरतपुरमा राप्रपाले पनि राम्रै मत पाएको थियो। राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए भने उपप्रमुख रीना गुरुङले ७ हजार २५२ मत ल्याएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण