दशौँ राष्ट्रिय डार्टस प्रतियोगिता सम्पन्न
आइतबार, ११ वैशाख २०७९, ०८ : ५२
नेपाल डार्टस संघको आयोजनामा दशौँ राष्ट्रिय डार्टस प्रतियोगिता २०७९ काठमाडौंमा सम्पन्न भएको छ । देशैभरबाट छनौट भएका उत्कृष्ट ३२ खेलाडीहरू सहभागित भएको प्रतियोगितामा प्रजित बस्नेत प्रथम भएका छन् । त्यस्तै आभास पौडेलले दोस्रो स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । यसै प्रतियोगिता अन्तर्गत आगामी साउन महिनामाको दोस्रो साता कर्पोरेट हाउस डार्टस हुने संघका महासचिव सुदर्शन जमरकट्टेलले जानकारी दिनु दिए ।
डीभाइन वाइनको मुख्य प्रायोजन तथा लर्ड बुद्ध कलेजको सह प्रायोजनमा प्रतियोगिता भएको थियो । आगामी दिनमा विद्यालय, कलेज, कर्पोरेट हाउस, लगायत सम्पूर्ण क्षेत्रमा व्यापक रूपमा यस खेललाई विस्तार गरी नयाँ ढंगबाट प्रस्तुत हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा