आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

आइतबार, ११ वैशाख २०७९, ०७ : ५९
आइतबार, ११ वैशाख २०७९

काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । 

दुर्घटनामा परेर मोटरसाइकलमा सवार ओखलढुंगाको सुनकोशी–६ घर भएका ३२ वर्षीय कमल आले मगर र २१ वर्षका गोपाल आले मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक मध्ये एकजना चालक हुन् । तर, कसले मोटरसाइकल चलाएका थिए भन्ने खुल्न सकेको छैन् । 

दुर्घटनापछि उपचारको क्रममा ट्रमा सेन्टरमा उनीहरुको मृत्यु भएको हो । उनहरु दुवैजना बौद्धको नयाँ बस्तिमा बस्दै आएका थिए । दुर्घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप