काँग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै

सत्तासीन नेपाली काँग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर काँग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताए ।
महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।
यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड