बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महानगर मेयर र उपमेयरका उम्मेदवार चयन गर्न काँग्रेसको बैठक बस्दै

आइतबार, ११ वैशाख २०७९, ०७ : ३३
आइतबार, ११ वैशाख २०७९

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । महानगरपालिकाको मयेर उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने कार्यसम्पादन समिति बैठकले मेयर र उपमेयरका उम्मेदवारको निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले बताए ।

त्यसअघि बिहान ९ पार्टी कार्यालय सानेपामै शीर्ष नेताबीच अनौपचारिक छलफल हुने छ । उम्मेदवार टुङ्गो लगाउन काँग्रेसका शीर्ष नेताबीच शुक्रबार र शनिबार बालुवाटारमा छलफल भएको थियो । काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार बालुवाटारमा ठोस सहमति जुट्न नसकेपछि आइतबार नै सबै विषय टुंग्याइने तयारी छ ।

काँग्रेसमा काठमाडौँको मेयरको उम्मेदवारका सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णयमा पुग्न सकिएको छैन ।

सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप