पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि
आइतबार, ११ वैशाख २०७९, ०७ : ००
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति भएको खेलमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।
घरेलु मैदानमा खेलको ६८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८ औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै लेन्सलाई १–१ गोलको बराबरीमा फर्काए ।
बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेर शीर्ष स्थानमा रहँदै उपाधि जित्यो । पराजित लेन्स ५४ अंक जोडेर सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा