बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मेस्सीलाई पहिलो लिग वान उपाधि

आइतबार, ११ वैशाख २०७९, ०६ : ५१
आइतबार, ११ वैशाख २०७९

१० खेलाडीमा सीमित लेन्ससँग बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मेनले लिग वानको उपाधि जित्न सफल भएको छ । तर समर्थकहरू भने रुष्ट बनेर चाँडै स्टेडियम छाडेर बाहिरिएका थिए । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो । अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको पीएसजीले ४ खेल बाँकी हुँदै उपाधि जित्यो ।

लियोनेल मेस्सीले खेलको ६८ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । लिग वानमा उनको यो चौथो गोल थियो । तर कोरेटिन जिनले खेलको अन्त्यतिर गोल गर्दै खेल बराबरी गरे । म्यानेजरका रूपमा माउरिसियो पोचेटिन्होको यो पहिलो लिग उपाधि हो ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रुष्ट फ्यानहरू खेल सकिन १५ मिनेट अघि नै स्टेडियम छाड्न थालेका थिए । खेल सकिएको १० मिनेटमा नै स्टेडियम खाली बनेको थियो । समर्थकहरू खेलाडीहरूको साटो स्टेडियम बाहिर खुसीयाली मनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप