बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

उपप्रमुखको टिकट पाउने सर्तमा काँग्रेस नेता एमाले प्रवेश

शनिबार, १० वैशाख २०७९, २३ : २१
शनिबार, १० वैशाख २०७९

चुनावको मुखमा काँग्रेस खोटाङका पूर्व कोषाध्यक्ष जीवन राई एमाले प्रवेश गरेका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिका उपप्रमुखमा उठ्ने सर्तमा काँग्रेस नेता राई एमाले प्रवेश गरेका हुन् । 
उनलाई शुक्रबार बराह पोखरी गाउँपालिकामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई, रमेश पौडेलले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका राई हाल काँग्रेसका जिल्ला सदस्य थिए । गठबन्धनका क्रममा बराह पोखरीमा प्रमुख काँग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ । काँग्रेसबाट प्रमुखमा लगभग वर्तमान प्रमुख शालिकराम बञ्जरा नै दोहोरिने निश्चित भएको अवस्थामा राई एमाले प्रवेश गरेका हुन् । 

बराहपोखरी गाउँपालिकामा गोमादेवी मगरलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरिएको एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । मगर हाल उपप्रमुख छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप