बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा सात जिल्लाको भागबण्डा टुङ्गियो

शनिबार, १० वैशाख २०७९, २३ : ०५
शनिबार, १० वैशाख २०७९

कर्णालीमा सत्ता गठबन्धनको बैठकले भागबण्डा करिब–करिब अन्तिम टुङ्गोमा पुगेको छ । अहिलेसम्म कर्णालीका सात जिल्लाको भागबण्डा मिलिसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा कुरा मिलिसकेको हो। 

‘सुर्खेत, कालिकोट र रुकुम पश्चिमको बाँकी रहेको छ,’अध्यक्ष केसीले भनिन्, ‘अहिले पनि बैठक जारी नै छ । हामी बिहानसम्म अन्तिम टुङ्गो लगाउने र आइतबार बिहान निर्णय सार्वजनिक गरिने छ ।’ आइतबार मनोनयन दर्ता गर्ने समय भएकाले पनि अन्तिम टुङ्गो लगाउनुपर्ने बाध्यता गठबन्धनसँग छ ।

बैठक बिहीबार दिउँसोदेखि नै मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा जारी छ । नेपाली काँग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीले रातभरि घनिभूत छलफल गरेर पनि भागवण्डाको अन्तिम टुङ्गो लगाई भोलि बिहान सूर्योदय नहुँदै के भयो भन्ने कुराको स्पष्ट जानकारी दिइने रातोपाटीलाई जानकारी दिए । ‘निष्कर्ष निस्किएको छैन । गहन र घनिभूत छलफल जारी छ,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप