शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

इलाममा एमाले कायकर्ताले दिए सामूहिक राजीनामा

शनिबार, १० वैशाख २०७९, २२ : ५७
शनिबार, १० वैशाख २०७९

मेयर छनौटमा षडयन्त्र भएको भन्दै एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । 
राजीनामा दिनेमा इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दिपेन्द्र चापागाईंसहित ११ जना रहेका छन् । 

इलाम नगरपालिकाको मेयरमा धिरेन चेम्जोङ हुनुपर्नेमा सिफारिस भएको नाम भन्दा फरक नाम चयन भएको भन्दै उनीहरुले पार्टी नेतृत्वप्रति चर्को आक्रोश पोखेका छन् । त्यसको विरोधमा इलाम नगरपालिकाका अधिकांश वडाका कार्यकर्ताहरूले एमाले इलाम जिल्ला कमिटीको कार्यालय तालाबन्दी समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप