बैंगलोरलाई सहजै हराउँदै हैदरावाद दोस्रो स्थानमा उक्लियो
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । मुम्बईमा शनिबार बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको पारी खेले । त्यस्तै केन विलियमसन १६ रनमा अविजित रहे । राहुल त्रिपाठी पनि ७ रनमा अविजित रहे । बैंगलोरका हर्सल पटेलले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।
बैंगलोरका ९ ब्याट्सम्यान दोहोरो रन नजोडेर आउट भए । बैंगलोरका लागि सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन बनाए । हैदरावादका लागि मार्को जान्सेन र टि नाटराजनले तीन÷तीन विकेट लिए । त्यस्तै जगदीश सूचितको नाममा २ विकेट हात पारे । जितसँगै हैदरावादले ७ खेलमा १० अंक जोडे दोस्रो स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ८ खेलमा १० अंक जोडेर तालिकाको चौंथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल