सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको जहाज बेपत्ता

शनिबार, १० वैशाख २०७९, २२ : १२
शनिबार, १० वैशाख २०७९

जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ । एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रुसवार उक्त डुङ्गा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो।  

कोस्ट गार्डद्वारा लगभग  १६.१५ जीएटीमा सङ्कट देखिएको सङ्केत प्राप्त भएको थियो। एक हेलिकप्टर र गस्ती जहाजहरू संदिग्ध स्थानमा पठाइएको थियो । तर दुई घण्टाको खोजी पछि पनि उद्धारकर्ताहरूले जहाज पत्ता लगाउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप