सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

उपमहानगरमा यी हुन् एमालेका मेयर उपमेयरका उम्मेदवार

शनिबार, १० वैशाख २०७९, २१ : २७
शनिबार, १० वैशाख २०७९

नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो । एमालेले उम्मेदवार टुंगो लगाएका उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र मनकुमारी केसी, बुटबलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल रहेका छन् ।

त्यसैगरी हेटौंडामा अनन्त पौडेल र सुमित्रा काफ्ले धरानमा मन्जु भण्डारी र पदम लिम्बु, इटहरीमा यमकुमार सुव्वा र संगिता चौधरी रहेका छन् । जीतपुर सिमरा र जनकपुर उपमहानगर बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । कलैयामा विनोद शाह र उपप्रमुख बाँकी रहेको एमाले नेता  गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप