बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पाँच दलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लामा भागबण्डा टुङ्ग्यायो

शनिबार, १० वैशाख २०७९, २१ : २१
शनिबार, १० वैशाख २०७९

पाँच दलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लाको भागबण्डा टुङ्ग्याएको छ । जसमध्ये कतिपय पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र एमालेले जित्ने खालका पालिकामा गठबन्धन गरिएको छ ।  आफूले जित्ने जस्ता २१ पलिकामा भने सहमति हुन नसकेको र स्वस्थ्य प्रतिस्पर्धा हुने भएको छ । माओवादी प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीकाअनुसार सोलुखुम्बुमा ६ वटा पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र २ वटामध्ये १/१ वटा काँग्रेस र माओवादीले लिने भएको छ । 

यस्तै मोरङ, सुनसरी र उदयपुरमा मिलाउने अन्तिम प्रयास भइरहेको डाँगीले जानकारी दिए । ‘अहिलेसम्म ११ जिल्लामा भागबण्डा मिलाएका छौं,’ उनले भने, ‘मोरङ, सुनसरी र उदयपुरमा पनि मिलाउने प्रयास जारी छ, भोलि सम्ममा मिल्छ ।’

प्रदेश १ मा भएको सहमतिअनुसार हालसम्म काँग्रेस विराटनगर महानगरपालिकासहित ६१, माओवादी १६, नेकपा एस ३ र अन्य २१ पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने गठबन्धनबीच सहमति भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप