एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई उठाउने
नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै सुनिता डंगोललाई उपमेयरमा उठाउने पार्टीले निर्णय गरेको छ ।
विराटनगर बाँकी नै राखेको एमालेले पोखराको प्रमुखमा दीपक पौडेल र मञ्जु गुरुङ, वीरगञ्जको प्रमुखमा विजय सरावगी र उपप्रमुख खाली नै राखेको छ । त्यस्तै भरतपुरमा पनि विजय सुवेदीलाई मेयर बनाउने भएको छ भने उपप्रमुख बाँकी नै राखेको छ । त्यस्तै ललितपुरमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्यलाई उम्मेदवार बनाएको छ ।
एमालेले उम्मेदवार टुङ्गो लगाएका उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र मनकुमारी केसी, बुटवलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल रहेका छन् । त्यसै गरी हेटौडामा अनन्त पौडेल र सुमित्रा काफ्ले धरानमा मञ्जु भण्डारी र पदम लिम्बु, इटहरीमा यमकुमार सुब्बा र संगिता चौधरी रहेका छन् । जीतपुर सीमरा र जनकपपुर उपमहानगर बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । कलैयामा विनोद शाह र उपप्रमुख बाँकी रहेको उनले बताए ।