सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

धुर्कोटको उम्मेदवार विवाद मिलाउन प्रचण्डलाई गुहार

शनिबार, १० वैशाख २०७९, २१ : ०६
शनिबार, १० वैशाख २०७९

गुल्मीको धुर्कोट गाउँपालिका प्रमुख पदको उम्मेदवारको विवाद प्रदेश स्तरीय सत्ता गठबन्धनले समेत समाधान गर्न नसके पछि छिनोफानो गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष पठाइएको छ । प्रदेश स्तरीय सत्ता गठबन्धन दलहरूले दिनैभर विवाद मिलाउने घनिभूत प्रयास गरे पनि मिलाउन नसके पछि अध्यक्ष प्रचण्डकहाँ पठाइएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य वीरबहादुर कार्कीले बताए ।

प्रदेश कमिटी इन्चार्ज दण्डपाणि खनालले यसमा विषयमा वर्षमान पुनसँग समेत कुराकानी  गरेको नेता कार्कीको भनाइ छ । धुर्कोट गाउँपालिका प्रमुख भूपाल पोख्रेल माओवादी केन्द्रका नेता हुन् । उक्त पालिका माओवादीको भागमा पर्ने भनेपछि उनले पार्टीबाट सर्वसम्मत निर्णय गराइ उम्मेदवार घोषणा गरेका थिए । तर पछि काँग्रेस नेता महेन्द्र भण्डारीले पनि आफ्नो पार्टीबाट निर्णय गराइ उम्मेदवारी घोषणा गरे पछि विवाद चुलिएको हो ।​ पोखरेलले आफूलाई नदिए एक्लै स्वतन्त्र उम्मेदवार उठ्ने अडान नछाडे पछि मदाने र धुर्कोटसम्मको विवाद मिलाउने जिम्मा काँग्रेस सभापति देउवासँगको समन्वयमा प्रचण्डलाई पठाइएको कार्कीको भनाइ छ । माओवादीले पाउने अन्य तीन पालिकामा भने कुनै विवाद नरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप