बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

शनिबार, १० वैशाख २०७९, २० : २४
शनिबार, १० वैशाख २०७९

कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो ।

कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै  रिन्कु सिंहले ३५ रन जोड्दा भेन्कटेस ऐयरले १७ रनको योगदान गरे ।​ बलिङतर्फ माहम्द श्वामी, यस दयाल र रासिद खानले दुई–दुई विकेट लिए । त्यस्तै अल्जारी जोसेफ र लकी फग्यूसनले एक–एक विकेट लिए । आजको दुई विकेटसँगै राशिदले आईपीएलमा १०० विकेट पूरा गरेका छन् ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले कप्तान हार्दिक पाण्ड्याको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो । ४९ बल खेलेका पाड्याले ४ चौका र २ प्रहार गर्दै ६७ रन बनाए । त्यस्तै डेभिड मिलरले २७ रन बनाउँदा रिद्धमान शाहले २५ रनको योगदान गरे ।

बलिङतर्फ कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै टिम साउथीले तीन विकेट लिँदा उमेश यादव र शिभम् मावीले एक–एक विकेट लिए । जितसँगै गुजरातले ७ खेलबाट १२ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा स्थापित गरेको छ । पराजित कोलकाता ८ खेलबाट ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप