मनोनयन दर्ताको सुरक्षा प्रबन्धबारे गृहमन्त्रीको चासो
शनिबार, १० वैशाख २०७९, २० : ०८
गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा अप्रत्याशित घटना रोक्न सुरक्षा तयारीबारे जानकारी लिएका छन् । शनिवार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका हुन् । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको वैशाख ११ र १२ मा हुँदै छ ।
गृहमन्त्री खाँणले नेपाल प्रहरीको निर्वाचन सेल प्रमुख एआईजी सहकुल बहादुर थापा र सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन् । गृहमन्त्रीले सबै प्रदेशका प्रहरी प्रमुख र सशस्त्र प्रहरी बालका प्रमुखहरूसँग मनोनयनको सुरक्षा तयारीबारे कुरा गरेका छन् । गृहमन्त्री खाँणले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह