शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पूर्व सांसद आचार्यको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

शनिबार, १० वैशाख २०७९, १९ : ०५
शनिबार, १० वैशाख २०७९

पूर्व सांसद एवं नेपाली काँग्रेस कपिलवस्तुका नेता विष्णुराज आचार्यको आज बिहान काठमाडौँको बुढानीलकण्ठ स्थित आफ्नै निवासमा ७४ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय आचार्य २०४८ र २०५१ को निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।

उनको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, — ‘नेपाली काँग्रेस कपिलवस्तुका नेता एवं पूर्व सांसद विष्णुराज आचार्यको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । स्वर्गीय आचार्यले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’ स्वर्गीय आचार्यका श्रीमती र तीन छोरी हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप