बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

शनिबार, १० वैशाख २०७९, १० : ००
शनिबार, १० वैशाख २०७९

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको  छ ।

स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन हुन सकेका छैनन् । खास गरी काँग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई बाइपास गरेको सो पार्टीका नेताहरूले गुनासो गर्दै आएका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप