बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : टिकट बाँडफाँडको लागि काँग्रेस बैठक जारी

शनिबार, १० वैशाख २०७९, १८ : ५४
शनिबार, १० वैशाख २०७९

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको बैठक जारी रहेको छ । काँग्रेस प्रदेश कार्यालय बुटवलमा बसेको बैठकले लुम्बिनी प्रदेशमा गठबन्धन दलहरू भित्र वाट नेपाली काँग्रेसको भागमा परेका उपमहानगरपालिका र नगरपालिकाहरूको  टिकट टुङ्गाउने विषयमा छलफल चलिरहेको हो ।

४ वटा उपमहानगर पालिका र ३२ वटा नगरपालिका मध्ये नेपाली काँग्रेस आफ्नो भागमा परेका ठाउँमा टुङ्ग्याउनको लागि  छलफल  गरिरहेको छ । ​।नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बैठकमा नामहरू विषयमा छलफल चलिरहेको बताए ।यस अधि कार्यदलको बैठक बसेको थियो कार्यदलको बैठक पनि जिल्लाबाट मिलेर आएका स्थानीय तहहरूको स्वागत गर्ने र नमिलेका ठाउँहरूलाई  प्रदेश संसदीय बोर्डले मिलाउने  गरी पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप