सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

एमालेले दमक, बिर्तामोड र इटहरीको उम्मेदवार टुङ्गो लगायो

शनिबार, १० वैशाख २०७९, १८ : ५१
शनिबार, १० वैशाख २०७९

नेकपा एमालेले प्रदेश १ को सुनसरी र मोरङ जिल्ला बाहेकका उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार मोरङ र सुनसरीको पनि टुङ्ग्याउने तयारी भइरहेको छ । 

यद्यपि स्रोतले दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।  यस्तै बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नरेन्द्र सङ्ग्रौलाको नाम टुङ्गो लागेको छ । सुनसरीको इटहरीको प्रमुखमा याम सुब्बा र उपप्रमुखमा सरिता चौधरीको नाम टुङ्गिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप