बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बर्दियाको बढैयातालमा माओवादीले अध्यक्ष, काँग्रेसले उपाध्यक्ष लिने सहमति

शनिबार, १० वैशाख २०७९, १८ : २७
शनिबार, १० वैशाख २०७९

बर्दियाको बढैयाताल गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल गरेर जाने सहमति भएको छ । बढैयाताल गाउँपालिका अध्यक्षमा माओवादीले लिने र उपाध्यक्ष काँग्रेसले लिने सहमति भएको हो । माओवादीले अध्यक्षसहित ३ वडा र काँग्रेसले उपाध्यक्षसहित ५ वडा अध्यक्ष लिने सहमति भएको छ । यस नगरपालिकामा यसअघि एमालेले अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो ।

बर्दियाका अन्य स्थानीय तहमा काँग्रेस र माओवादीबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बारबर्दिया नगरपालिकाका सहसचिव सन्तोष पोखरेलले बताए । स्थानीय तहको आवश्यकतामा चुनावी तालमेल भइरहेको पोखरेलले बताए । बर्दियामा ८ स्थानीयमध्ये माओवादीले तीन स्थानीय तह, एमालेले तीन र दुई काँग्रेसले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप