शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले ४ महानगरमा उम्मेदवारको टुंगो लगायो

शनिबार, १० वैशाख २०७९, १८ : १५
शनिबार, १० वैशाख २०७९

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ ।
त्यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ ।

काठमाडौंको​ उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ । बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप