अझै सुरु भएन एमालेको सचिवालय बैठक
शनिबार, १० वैशाख २०७९, १७ : ४३
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु हुन सकिरहेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट भक्तपुरमा शनिबार ३ बजे बस्ने भनिएको बैठक ५ बज्दा पनि सुरु हुन नसकेको हो । अध्यक्ष ओली निवासबाट बैठक हल तर्फ गएका छैनन् ।
बैठक कक्षमा पार्टीका नेताहरु अध्यक्ष ओलीलाई कुरेर बसिरहेका छन् । आज बस्ने बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने तयारी छ । बैठकमा महानगर र उपमहानगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार चयन गर्ने मुख्य एजेन्डा रहेको छ ।
हालसम्म ललितपुर, भरतपुर र वीरगञ्जबाट एक–एक जनाको नाम मात्रै प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । पोखरा महानगरबाट १२ जनाको नाम आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ