शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भिटामिन इ को कमीले यी गम्भीर रोगलाई दिन्छ निम्तो, यी लक्षण हुन् कमीका संकेत

शनिबार, १० वैशाख २०७९, १७ : ०८
शनिबार, १० वैशाख २०७९

साधारणतया हामी भिटामिन ए, बी, सी र डी लाई लिएर सचेत रहन्छौँ तर शरीरमा भिटामिन ‘इ’ वा ‘के’ को कमीले पनि थुप्रै घातक रोगको कारण बन्ने गर्छ । शरीरमा हरेक भिटामिनको आ–आफ्नै महत्व छ र यसले रोगबाट जोगाउँछ । भिटामिन इ को कमीले हुने खतराबारे आज जानकारी लिऔँ ।

शरीरमा भिटामिन न त कम हुनुहुन्छ न धेरै । किनभने दुबैको आ–आफ्नो भिन्न हानी हुन्छ । भिटामिन इ को कुरा पनि यस्तै हो । यसको कमीको संकेत पनि शरीरले विभिन्न तरिकाले दिन्छ ।

भिटामिन इ को कमीका लक्षणः

– मांसपेशी वा हड्डी अचानक दुख्नु वा दह्रो महसुस हुनु ।

– आँखाको ज्योति कम हुनु वा केही कुरा हेर्न खोज्दा आँखा तिरमिराउनु

– काम नगर्दा पनि कमजोरी महसुस हुनु

– कपाल असाध्यै झर्नु

– पाचन सम्बन्धि समस्या

– छाला सुख्खा हुनु

– ओठ फुट्नु वा मुखको किनारा फुट्नु

– बारम्बार संक्रमण हुनु, कमजोर प्रतिरोधी क्षमता

– तनाव हुनु

भिटामिन इ को कमीले हुने समस्याः

भिटामिन इ को कमीले शरीरलाई पर्याप्त मात्रामा अक्सिजन प्रदान गर्दैन र यसै कारण थुप्रै गम्भीर समस्या हुनसक्छ जसमा ब्रेन ह्यामरेज र हृदयघात आदि समावेश छन् । यसबाहेक भिटामिन इ को कमीले मानसिक विकार हुनसक्छ र प्रतिरोधी क्षमता पनि कमजोर हुनसक्छ । त्यसैले सावधान हुनुपर्छ ।

भिटामिनको इ को कमी कसरी पुरा गर्ने ?

शरीरमा भिटामिन इको कमी नहोस् भनेर पालुङ्गो, बदाम, एभोकाडो, सूर्यमुखी फूलको दाना, अण्डा, ओखर, हरियो पत्तेदार सागसब्जी, ब्रोकली, आँप, मेवा, भटमासको तेल आदि समावेश गर्नुपर्छ । यी भिटामिन इ को राम्रो स्रोत मानिन्छ ।

भिटामिन इ अत्यधिक मात्रामा खाना हुने क्षतीः

खाद्य पदार्थमार्फत भिटामिन ई लिनु खतरनाक होइन तर अत्यधिक मात्रामा यसको सेवन हानिकारक हुनसक्छ । शरीरमा भिटामिन इ को मात्रा अत्यधिक हुँदा अत्यधिक रक्तश्राव र थकानसहित थुप्रै अन्य रोग पनि लाग्न सक्छ । त्यसैले डाक्टरको सल्लाह नलिइकन भिटामिनको सप्लिमेन्ट नलिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप