कुनै स्थानमा दलको झण्डा राखेको भए निकाल्न आयोगको निर्देशन
शनिबार, १० वैशाख २०७९, १६ : ४७

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराए ।
उनले कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह गरे । उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ । साथै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री प्रयोग गरे कारवाहीमा पर्ने आयोगको भनाई छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास
-
उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई चुनौती
-
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
विद्यालयहरू आजीवन कम्पनीमा रहनुपर्छ : नवनिर्वाचित अध्यक्ष अधिकारी
-
निजीकरण विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत