शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बन्ध सुधार्न साउदी अरब र इरानबीच पुनः सुरु भयो छलफल

शनिबार, १० वैशाख २०७९, १६ : ४३
शनिबार, १० वैशाख २०७९

साउदी अरब र इरान क्षेत्रीय प्रतिद्वन्द्वी हुन् । पछिल्लो केही समयमा सम्बन्धमा सुधारका लागि दुई देशले एकपटक पुनः कुराकानी सुरु गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर एक इरानी न्युज वेबसाइटले बगदादमा यो कुराकानी भएको बताएको छ ।

इरान र साउदी अरबबीच थुप्रै मामिलामा मतभेद छ र थुप्रै क्षेत्रीय संघर्षको घटना र राजनीतिक विवादमा दुबै एक–अर्काका विरोधी हुन् । दुबै देशले आपसी तनाव कम गर्नका लागि अघिल्लो वर्ष सिधा छलफल सुरु गरेका थिए ।

इरानले यो कुराकानीलाई कुनै कारण नै नबताई अघिल्लो महिना बन्द गरेको थियो । साउदी अधिकारीले एकैदिन ८१ जनालाई मृत्युदण्डको सजाय दिएपछि इरानले यस्तो कदम उठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप