लोसपाले जनकपुरधाम उपमहानगरपालिकामा टुंग्यायो मेयर र उपमेयरको उम्मेदवार
शनिबार, १० वैशाख २०७९, १६ : १४

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । मेयरमा मनोज चौधरीलाई टिकट दिएको लोसपाका धनुषा अध्यक्ष प्रमेश्वर साहले बताए ।
लोसपा धनुषा कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि प्रमेश्वर साह, मनोज चौधरी, अमर पजियार, संजय कुमार चौधरीको नाम सिफारिस गरेको थियो । त्यसमध्ये मनोज चौधरीले टिकट पाएका हुन् ।
यस्तै लोसपाले जनकपुरको उपमेयरमा रिता झालाई टिकट दिएको छ । मनोज चौधरीले २०७० को संविधानसभा चुनावमा शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट प्रतिस्पर्धा गरेका थिए ।
रिता साह यसअघि पनि जनकपुरधाम उमहानगरपालिकाको उपमेयरमा जितेकी थिइन् ।