बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्न ढिलाइ, शीर्ष नेता बालुवाटारमै

शनिबार, १० वैशाख २०७९, १० : ००
शनिबार, १० वैशाख २०७९

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छ । शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।

बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो । काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भएपनि विराटनगर र ललितपुर महानगर मेयरको उम्मेदवारमा सहमति हुन सकेको छैन । शीर्ष नेतामा सहमति नजुटि कार्यसम्पादन समिति बैठकमा नजाने सभापति शेरबहादुर देउवाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप