स्वस्थ्य सतर्कता अपनाउन विज्ञहरुको अपिल

मौसम अनुकुल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरुले विशेष सतर्कता अपनाउन जोड दिएका छन् ।
जलवायु जन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन जोड दिएका हुन् । अल्का अस्पतालका जनरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरे । मौसम परिवर्तनका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उनले सचेत हुनुपर्ने बेला आएको बताए ।
डा. पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकुल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाहरुले विशेष सावधानी अपनाउनु पर्ने बताए । पछिल्लो समय नेपालको काठमाडौंसहित अन्य सहरी क्षेत्रको वातावरण स्वास्थ्य नरहेको विज्ञहरुले बताउँदै आएका छन् । केही समयअघि विश्वका प्रमुख सहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?