क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति
शनिबार, १० वैशाख २०७९, १४ : ४९
क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी (बर्दघाट सुस्तापश्चिम) इलाका प्रहरी कार्यालय सुनवलले हिरासतमा लिएकोप्रति आपत्ति जनाइएको हो ।
शनिवार विहान नेकपा (क्रान्तिकारी माओवादी)ले सुनवल क्षेत्रमा गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न गएका पाण्डेलाई पक्राउ गरिइएको जनाइएको छ । समाचार संकलन गरेकै आधारमा पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै महासंघले घोर विरोध र भत्र्सना गरेको छ । महासचिव पाण्डेयलाई विनाशर्त अबिलम्ब रिहाइ गर्न क्रान्तिकारी पत्रकार महासंघले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
-
स्वास्थ्य बिमामा आबद्ध कसरी हुने ?
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा