शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरको मेयरमा काँग्रेसबाट सात जनाको नाम सिफारिस

शनिबार, १० वैशाख २०७९, १४ : ३६
शनिबार, १० वैशाख २०७९

नेपाली काँग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो । नगर कार्य समिति सिफारिस गरेको तीन जनाको नाममा काँग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप तीन जनाको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको हो । 

नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप गरेको हो । गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थप गरेर सात जनाको नाम जिल्ला कार्य समितिमा पठाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप