शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी नगरपालिकामा काँग्रेसले टुंगो लगायो प्रमुख र उपप्रमुखको नाम

शनिबार, १० वैशाख २०७९, १४ : ३२
शनिबार, १० वैशाख २०७९

लुम्बिनी साँस्कृतिक नगरपालिकामा नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि मेयर र उप मेयरका उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेसले नगर प्रमुखमा सुरद्धिन मुसलमान  र उपप्रमुखमा  पुष्पा उपाध्यायको नाम टुंगो लगाएको हो । रुपन्देहीका अन्य स्थानीय तहमा भने गठबन्धन गर्ने निर्णय भएको छ ।  

लुम्बिनी साँस्कृतिक नगरपालिकामा एक्लै चुनावमा जाने रणनीतिअनुसार काँग्रेसले नगर प्रमुखमा मुसलमान र उप प्रमुखमा उपाध्यायको नाम टुङ्ग्याएको काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फुकरुद्धिन खाँणले रातोपाटीलाई जानकारी दिए । यसअघि लोसपाले लुम्बिनी नगर प्रमुखमा मनमोहन चौधरीलाई उठाउने तयारी गरेको थियो भने एमालेले अझै नाम टुंगो लगाउन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप