बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्लीका कप्तान ऋषभलाई जरिवाना

शनिबार, १० वैशाख २०७९, १४ : ३०
शनिबार, १० वैशाख २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तसलाई जरिवाना गरिएको छ । ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो । शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो ।

त्यसपछि ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना लागेको हो । पन्त र आमरेलाई म्याच फि को शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच फि को जरिवाना लागेको आइपिएलले जनाएको छ ।

अमरेलाई भने एक खेल पनि प्रतिबन्ध लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप