रुसी कमान्डरले भने–पूर्वीपछि युक्रेनको सम्पूर्ण दक्षिण भेग कब्जा गर्ने तयारीमा छौँ
रुसले युक्रेनको पूर्वी दोनवास क्षेत्रका दोनेत्स्क र लुहान्स्क कब्जा गरेको बताइएको छ । अब सम्पूर्ण दक्षिण युक्रेन पनि कब्जा गर्ने लक्ष्य लिएको रुसी सेनाका एक वरिष्ठ कमान्डरले बताएका छन्। रुसका सरकारी मिडियाहरूले रुसी सेनाका मेजर जनरल रुस्तम मिन्नेकायभको यो भनाइलाई महत्त्व दिएर प्रकाशित गरेका छन्।
जनरल मिन्नेकायभ रुसको केन्द्रीय सैन्य क्षेत्रका सहायक कमान्डरको जिम्मेवारीमा छन्। चर्चामा आएको भनाई उनले शुक्रबार स्भेर्डलोभ्स्को एक सैन्य कार्यक्रममा सम्बोधन गर्ने क्रममा भनेका थिए। जनरल मिन्नेकायभले यो लक्ष्य हासिल गर्न सकेमा सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया प्रायद्वीप जमिनबाट सिधै रुससँग जोडिने बताए। अहिले क्राइमिया र रुस समुन्द्रले छुट्टिएको छ।
क्राइमिया कब्जा गरेपछि रुसले सो प्रायद्वीपसम्म पुग्नको लागि समुन्द्रमा १९ किलोमिटर पुल बनाउन सुरु गरेको थियो, जसको सन् २०१८ मा उद्घाटन भएपछि प्रयोग भईरहेको छ। पुलहरू युद्धको समयमा आक्रमणको जोखिममा हुने भएकाले सामरिक हिसाबमा यो त्यति विश्वसनीय मानिँदैन।
जनरल मिन्नेकायभले सम्पूर्ण दक्षिण भेग कब्जामा लिएपछि युक्रेनभन्दा पश्चिमतर्फ रहेको ट्रान्सनिस्ट्रिया पनि जमिनबाटै रुससँग जोडिने बताए। ट्रान्सनिस्ट्रिया माल्डोभाबाट अलग घोषणा गरेको रुस समर्थित राज्य हो। सन् १९९० को सोभियत संघ विघटन हुने मसयमाले यसले गरेको स्वतन्त्रतालाई अधिकांश मुलुकले हालसम्म स्वीकारेका छैनन्।
रुसी कमान्डरको भनाइपछि माल्डोभाले आफ्नो देशस्थित रुसी राजदूतलाई बोलाएर असन्तुष्टि जनाएको छ। जनरल मिन्नेकायभको भनाइ रुसी राष्ट्रपति कार्यालय क्रेमलिनकै आधिकारिक भनाइ भएको पुष्टि त भइसकेको छैन । तथापि उनको भनाइलाई सबै जसो रुसी मिडियाले जोड दिएर प्रकाशित गरेका छन्। रुसी रक्षा मन्त्रालयले जनरलको टिप्पणी सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ।
यदि जनरल मिन्नेकायभको भनाइ पुष्टि भएमा यो रुसले युक्रेन युद्धमा लिएको पहिलो स्पष्ट लक्ष्य हुनेछ। रुसले हालसम्म युक्रेनमा हावी नाजी विचारधारा निर्मुल गर्न आक्रमण गरेको जस्तो बताइरहेको छ।
रुसले पछिल्लो समय उसका सेनालाई युक्रेनको उत्तरबाट पूर्वी भेगतर्फ ओसारिरहेको छ। आगामी केही साता युक्रेन र रुसबीचको युद्ध निर्णायक हुने विश्लेषकहरुले बताएका छन्।
युक्रेनको रक्षा मन्त्रालयले जनरल मिन्नेकायभको भनाईलाई रुसी ‘साम्राज्यवाद सोचको परिणाम’ भनेका दिए। राष्ट्रपति जेलेन्स्कीले उनको नियमति रात्रीकालिन सम्बोधनमा यो विषय पनि उठाएका छन्। ‘कमाण्डरको भनाईले युक्रेनमाथिको रुसी अतिक्रमण सुरुवात मात्र थियो, उनीहरु अन्य देश पनि कब्जा गर्न चाहन्छन् भन्ने देखाएको छ,’ जेलेन्स्कीले दावी गरे।
जेलेन्स्कीले केही समयदेखि रुसले कब्जा गरेका क्षेत्रमा जनमतसंग्रह आयोजना गर्ने योजना बनाएको बताएका थिए। युक्रेनी रक्षा मन्त्रीका प्रवक्ताले पनि खरसन र जपोरिज्झिया वरपर क्षेत्रका नियन्त्रित भूमिमा आगामी साता जनमत संग्रह गराउन लागिएको सुचना पाएको बताएका छन्।
बीबीसीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा