शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

व्यवसायी साहले जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

शनिबार, १० वैशाख २०७९, १३ : ५२
शनिबार, १० वैशाख २०७९

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि व्यवसायी वैद्यनाथ साहले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । असहाय संरक्षण मञ्चका अध्यक्ष समेत रहेका साहले शनिवार पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

साहले विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै जनकपुरधामवासीले आफूलाई विश्वास गरेर मत दिने बताए । साहले जनकपुरधामलाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्थल बनाउने बताए ।

उनले भने, ‘म जनकपुरधामलाई पर्यटकीय क्षेत्र बनाउछु । यहाँको फोहोर व्यवस्थापन गर्न सक्छु । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न र युवालाई रोजगारी सिर्जना गर्न मसँग थुप्रै योजनाहरु पनि छन् । त्यसलाई कार्यान्वयनमा ल्याउन नेतृत्व तहमा पुग्न आवश्यक छ ।’ यसअघि जनकपुरधाम उपमहानगरको मेयरमा निर्माण व्यवसायी बलराम महतो र नेपाली काँग्रेसका नगर सभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप