आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

शनिबार, १० वैशाख २०७९, १३ : ४३
शनिबार, १० वैशाख २०७९

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । शनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ वर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका–५  घर भइ  युवा संगठनका इन्चार्ज २६ बर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप